सोनापुर र रिलायबल नेपाल लाइफमा झुम्मिए लगानीकर्ता, कुनको कति भयाे कारोबार ?
२५ पुस, काठमाडाैं । साताको चौथो दिन समेत बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.५० अकंले बढेर २०८९.६२ बिन्दुमा बन्द भएको छ । आज ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । कम्पनीको ३२ करोड ७८ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २८ करोड ८७ लाख १५ हजार हजार रुपैयाँ, ङादी ग्रुप पावरको १५ करोड ५१ लाख ८५ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १४ करोड ६ लाख २ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको १२ करोड ८६ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १५:३०












