हिमालयन बैंकको साधारण सभा पुस २९ गते, एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित हुने
२५ पुस, काठमाडौं । हिमालयन बैंकले ३१ औं वार्षिक साधारण सभा बाेलाएकाे छ । बैंककाे साधारणसभा पुस २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्काशन गर्ने, एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रकाशित मिति : January 10, 2024 at 12:21 pm









