२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

२४ पुस, काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्। खनालले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन्।

खनाल २०७६ साल साउन ९ गतेदेखि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए। खनालको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको आरोप लाग्दै आएको छ ।

स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा खनालले राजीनामा बुझाएका हुन् । उनको कार्यकाल आगामी साउन ६ गतेसम्म बाँकी रहेका छ ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १३:३९