८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

नेप्सेले खारेज गर्यो एनआईबिएल प्रगति फण्डको सूचीकरण

२४ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले एनआईबिएल प्रगति फण्डको सूचीकरण खारेज गरेको छ । नेप्सेले उक्त योजनाको अवधि परिपक्व भएकाले २०८० पुस २४ गतेदेखि लागू हुने गरी फण्डको इकाईको दोस्रो कारोबार बन्द गरेको हो ।

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३१ उपनियम ९७० बमोजिम एनआईबिएल प्रगति फण्डको योजना खारेजी सम्बन्धमा सूचना प्रकाशित गरिएको योजना व्यवस्थापकले बताएको छ । एनआईबिएल प्रगति फण्डको योजना अवधि २०८० पुस २६ गतेबाट परिपक्क हुँदैछ ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १२:४५