७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

आज पनि घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२४ पुस, काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य स्थिर रहँदै १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो काराेबारकाे दिन चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार ११:०३