यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
२४ पुस, काठमाडाैँ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले आज(पुस २४ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको हो ।
राष्ट्र बैंककाे अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२.७३ रुपैयाँ र बिक्री दर १३३.३३ रुपैयाँ रहेकाे छ । त्यस्तै एक युरोको खरिद दर १४५.२५ रुपैयाँ बिक्री दर १४५.९० रुपैयाँ तोकिएको छ । बेलायती एक पाउण्डको खरिद दर १६८.७२ रुपैयाँ र बिक्री दर १६९.४८ रुपैयाँ रहेको छ । एक अष्ट्रेलियन डलरको खरिद दर ८८.८१ र बिक्री दर ८९.२१ रहेको छ ।
प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार ०९:३५