२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

गोंगबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

२३ पुस, काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । आइतबार राति काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा.प्र.०३-००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १३:०८