१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

२३ पुस, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार ११:५७