२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

भारतीय विदेशमन्त्री जयशङ्करले गरे पशुपतिनाथ मन्दिरमा पूजा

२० पुस, काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार काठमाडाैँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन्  ।

भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ११:३४