८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एशियन लाईफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म दिने

१८ पुस, काठमाडाैँ । एशियन लाईफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको हाे । कम्पनीले बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।

कम्पनीले सावधिक तथा आजीवन जीवन बीमालेख अन्तर्गत ० देखि १४ वर्ष अवधिका लागि ६१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ६४ रुपैयाँ २५ वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर दिने भएकाे छ ।

यस्तै, कम्पनीले बालबालिकाको सावधिक जीवन बीमालेख अन्तर्गत ० देखि १४ वर्ष अवधिका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५३ रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ६० रुपैयाँ बोनसदर ताेकेकाे छ ।

कम्पनीले सावधिक बीमालेख अन्तर्गत ० देखि १४ वर्षका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ६५ रुपैयाँ  बाेनसदर  निर्धारण गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० वर्षे अवधिका लागि ५० रुपैयाँ, १२ वर्षेका लागि ५० रुपैयाँ, १५ वर्षेका लागि ६० रुपैयाँ, १८ वर्षेका लागि ६५ रुपैयाँ, २० वर्षेका लागि ७० रुपैयाँ र २५ वर्षे अवधिका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

यसैगरी, कम्पनीले सामूहिक सावधिक,नव रत्न जीवन संजीवनी, दम्पति सुरक्षा प्लस,प्लस एशियन वार्षिक धनलाभ,बालउच्च शिक्षाण्ण्ण्,भविष्य निधि बीमालेख अन्तर्गत ० देखि १४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ५० रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार ११:३४