९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

मंगलबार यी कम्पनीको भयो सबैभन्दा बढी कारोबार

१७ पुस, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०५ अकंले घटेर २०३०.१० बिन्दुमा बन्द भएको छ । आज १ करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा गिरावट आएपनि सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको १६ करोड ११ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट कम्पनीको १५ करोड ३८ लाख ७५ हजार हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ७३ लाख ८० हजार रुपैयाँ, सोनापुर मिनरल्सको १२ करोड ८९ लाख ३७ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको १२ करोड ५३ लाख ४८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १५:२१