२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्रेस इन्स्टिच्युटका संस्थापक बरिष्ठ पत्रकार गोकुल पोखरेलको निधन

१६ पुस, काठमाडौँ । नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक तथा पूर्वअध्यक्ष बरिष्ठ पत्रकार गोकुल पोखरेलको सोमबार बिहान निधन भएको छ । इन्स्टिच्युटका वर्तमान अध्यक्ष तीर्थ कोइरालाले सोमबार बिहान १०:३० बजे काठमाडौंमा पोखरेलको निधन भएको बताएका छन।

८८ वर्षिय पोखरेल केही वर्षयता फोक्सो र मुटुको समस्याले ग्रस्त रहेका थिए । राष्ट्रिय समाचार समितिको रिपोर्टरबाट सेवा गर्दै कायममुकायम महाप्रवन्धक समेत भएका पोखरेलले गोरखापत्रको प्रधानसम्पादकको भुमिका पनि निर्वाह गरेका थिए । नेपाली र अंग्रेजी दुबै भाषामा उत्तिकै कलम चलाउने स्वर्गीय पोखरेल मानव अधिकार आयोगको सदस्य समेत हुन । पोखरेलको मंगलबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

पोखरेल पूर्वीय दर्शनका प्रख्यात विद्वान तथा समाज सुधारक पण्डित छविलाल पोखरेलका साइँलो छोरा थिए। पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा छन्। पोखरेलले नेपाली पत्रकारितामा मात्र होइन पत्रकारिता शिक्षा र तालिमका क्षेत्रमा  उल्लेखनीय योगदान दिएका छन ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १८:३२