९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

शिवम् र सोनापुरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

१६ पुस, काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार ८.७५ अंकले घटेर २०६०.१५  विन्दुमा बन्द भएकाे छ ।

सेयर बजारमा गिरवट आउँदा साेमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन २० करोड १३ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको २० करोड १२ लाख २३ हजार हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १७ करोड २५ लाख ७० हजार रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १० करोड ८२ लाख ५६ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ९१ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १५:१६