२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बालकुमारी घटनामा दोषी देखिएका सबैलाई कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

१६ पुस, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताएका छन् ।

साेमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको र त्यसले छानबिनका क्रममा जो जो दोषी देखिन्छन् उनीहरू सबैलाई कारबाही हुने बताएका हुन् ।

उनले भने- ‘सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानूनको दायरमा ल्याएर कारबाही हुन्छ ।’

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १४:१६