७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सुनको भाउमा गिरावट, यस्तो छ आज कारोबार मूल्य

१५ पुस, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी १ सुन १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारकाे दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ र तेजावी सुन १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार ११:२७