७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सुनको मूल्यमा भारी गिरावट, यस्तो छ प्रतितोला मूल्य

१३ पुस, काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनको मूल्यमा भारी अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन प्रतितोला १३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको

अघिल्लो कारोबार दिन बिहीबार सुनको भाउ प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४९० रुपैंयामा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ११:४४