२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

नबिल बैंकको साधारण सभा सम्पन्न, पारित भयो ११ प्रतिशत लाभांश

१२ पुस, काठमाडाैं। नबिल बैंकको ३९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार बैंककाे वार्षिक साधारण सभा सम्पन्न भएकाे हो। सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ४० करोड मुनाफा गरेको थियो ।

सभामा कम्पनीका अध्यक्ष पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको बताए ।उनले विगतका वर्षहरूमा बाँडफाँट गरेको नगद लाभांशका साथै बजार पूँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा सेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्तापूँजी हालसम्म आउँदा ९६० गुणाले बृद्धि भएको बताए ।

कम्पनीले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।

प्रकाशित मिति : December 28, 2023 at 4:33 pm