६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

फुलेपनि काँस लज्जावती हुनै सक्दैन (गजल)


-सुदामा कृष्ण सुवेदी

त्यो आर्जन अहँ सम्पति हुनै सक्दैन
जब स्वयं खुसी भनेजती हुनै सक्दैन

म आफैले धेरै —गरेको छु भन्नुहोला
अरुले नदेखुन्जेल् प्रगती हुनै सक्दैन

गुणले हो महान् हुने रुपको त के कुरा
फुलेपनि काँस लज्जावती हुनै सक्दैन

एउटा कर्म र अर्को धर्ममा बिश्वास गर्ने
यी दुईजन बिच –सहमति हुनै सक्दैन

अग्निपरीक्षा पछि – रामले सीता त्यागे
यो भन्दा ठुलो –ज्यादति हुनै सक्दैन

रत्ननगर न पा १०, चितवन नेपाल

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १४:२९