अन्तिम कारोबारको दिन यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
१२ पुस, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अकंले घटेर २०६८.९० बिन्दुमा बन्द भएको छ । आज ३०३ कम्पनीको १ करोड १६ लाख ५८हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा गिरावट आएपनि यस दिन सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १४ करोड ३८ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ५६ लाख ३७ हजार हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको १३ करोड ४३ लाख ३८ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख ९ हजार रुपैयाँ र नेपाल इन्स्योरेन्सको १२ करोड ६ लाख ५८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १५:१४












