८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

शिवम् सिमेन्ट्सको बुक क्लोज मिति तय

१२ पुस, काठमाडाैं । शिवम् सिमेन्ट्स लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्रै कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

कम्पनीको सभा पुस २७ गते काठमाडाैंकाे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजन हुनेछ । सभाले सेयरधनीहरुलाई २०७९/८० को मुनाफा रकमबाट चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १०:००