२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

कुमारी बैंकको सेयर बिक्रीमा, यस्तो छ प्रतिकित्ता मूल्य

११ पुस, काठमाडौं । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको कुमारी बैंकको ५ लाख ४९ हजार ६२६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बिक्रीमा राखिएकाे उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बिक्रीमा राखिएकाे उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकका साथै जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवश्यक कागजात संकलन गरी पुस १९ गतेसम्म बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौँमा आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : December 27, 2023 at 5:34 pm