७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

११ पुस, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ र तेजावी सुन १ लाख  २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,  आज  चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार ११:०५