७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बढ्याे सुनको मूल्य, यस्तो छ आजको कारोबार

१० पुस, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी १ सुन १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजावी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार ११:१८