२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

८ पुस, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । २२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो ।

१४ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि गठन भएको समितिले यस्तो निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको हो । सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको जनाएको छ । समितिले अध्ययनको क्रममा मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरेको पाइएको जनाएको छ ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १४:५८