२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

सन्दीप लामिछानेको मुद्दा शिशिरराज ढकालको इजलासमा

८ पुस, काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ ।

जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको हो । न्यायाधीश ढकालको इजलासमा सन्दीप विरूद्धको मुद्दा तेस्रो नम्बर छ। करिव डेढ वर्षअघि क्रिकेटर लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १२:५३