२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राष्ट्रपति पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्रीको शिष्टाचार भेट

६ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार १३:३१