२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

४ पुस, काठमाडाैं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको जनाएकाे छ ।

मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरिएको जनाएकाे छ ।

यस्तै, युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाइ गर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनमा बन्धक छन्।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार १९:२४