२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

३ पुस, काठमाडाैं । सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार उनीहरुलाई नियुक्त गरेका हुन् ।

नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।

उनीहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।न्यायपरिषद्ले उनीहरुको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएकामा बुधबार नै अनुमोदन भएको थियो ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार १७:१८