७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

युएस बंगला एयरलाइन्सको ढाका–काठमाडौँ उडान बन्द


१ चैत काठमाडौं । युएस बंगला एयरलाइन्सले ढाका–काठमाडौं उडान बन्द गरेको छ । गत सोमबार विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका–काठमाडौं उडान बन्द गरेको हो । विमान अभावका कारण काठमाडौं ढाका उडान बन्द भएको एयरलाइन्सले जनाएको छ ।

बंगलादेशको सञ्चारमाध्यम डेली स्टारसँग कुराकानी गर्दै युएस बंगलाका महाप्रबन्धक कामरुल इस्लामले विमान अभावका कारण काठमाडौं ढाका बन्द गर्नुपरेको बताएका छन् । तर यस बारेमा त्रिभुवन विमानस्थललाई भने अहिलेसम्म कुनै औपचारिक जानकारी गराइएको छैन ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १४:२५