१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

इसेवा र नागरिक स्टक डिलरबीच सहकार्य, यस्ता छन् सुविधा

२ पुस, काठमाडाैं । भुक्तानी सेवा प्रदायक इसेवादेखि नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ।

यसका साथै नागरिक स्टक डिलर मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ। यस सम्झौताले लगानीकर्ताहरुलाई नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद विक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल प्रधानले हस्ताक्षर गरे।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका कम्पनीले जनाएको छ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार २०:३७