२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बैंक र बीमासहित यी २५ क्षेत्रमा हड्ताल गर्न प्रतिबन्ध

२९ मंसिर, काठमाडाैं। सरकारले हड्ताल गर्न नपाइने क्षेत्रहरूको सूची सार्वजनिक गरेकाे छ । सरकारले बीमा बैंक तथा विद्युत लगायतको सेवामा हड्ताल निषेध गरेको हो । सरकारले राजपत्रमा एक सूचना प्रकाशन गर्दै हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो ।

मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गरेको हो । राजपत्रअनुसार डाँक चिठीपत्र आदि ओहोरदोहोर गराइने सरकारी प्रबन्ध, तार वा टेलिफोन सेवामा हड्ताल गर्न पाइने छैन ।

यसैगरी प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, बैंकिङ सेवा, विद्युत सेवा, कन्सुलर विभागबाट प्रदान हुने सेवा तथा इन्टरनेट सेवालाई हड्ताल निषेधित क्षेत्रका रूपमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १७:०४