२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

चितवनमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२९ मंसिर, मुग्लिन (चितवन) । चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार ११:११