बिहीबार सोनापुर मिनिरल्स र रिलायबल नेपाल लाइफको भयो सर्वाधिक कारोबार
२८ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३० अकंले बढेर १९९४.३५ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०० कम्पनीको ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजार सामान्य अंकले बढेसँगै आज सोनापुर मिनिरल्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीको १६ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ११ करोड ४९ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको नौ करोड १३ लाख रुपैयाँ, शिवम् सिमेन्टको नौ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १५:१६












