६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

एकैदिन तोलामा २८०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२८ मंसिर, काठमाडौं। साताको पाँचौं कारोबारको दिन बिहीबार नेपाली बजारमा सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा २ हजार ८०० रुपैयाँ बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख १६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यो दिन चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार ११:३५