१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

आज सोनापुरसहित यी कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता

२७ मंसिर, काठमाडाैं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६० अंकले बढेर एक हजार ९ सय ८८ दशमलब ४ विन्दुमा बन्द भएको छ । बुधबार २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा सुधार आउँदा आज सोनापुरको सर्वाधिक कारबोर भएको छ। त्यस्तै, शिवम सिमेन्टस, अरुण काबेली, रिलायबल नेपाल लाइफ, हाथवे, लक्ष्मी सनराईज बैंक, हिमालयन लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १५:१८