६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

२७ मंसिर, काठमाडाैं। नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट अाएकाे छ ।  नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ११:०६