२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

ई-सेवाको एकाउन्ट लिंकमार्फत् भुक्तानी गर्दा धादिङका निरज थापाले पाए मोटरसाइकल

२७ मंसिर, काडमााडाैं। धादिङका निरज थापा मगरले ई-सेवाको बैंक लिंक एकाउन्टमार्फत् भुक्तानी गर्दा बम्पर उपहारमा ३५० सीसीको मोटरसाइकल पाएका छन् ।

ई-सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै भाग्यशाली विजेता थापा मगरलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले आगामी दिनमा पनि यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए ।

भुक्तानी सेवा प्रदायक ई-सेवाले गत भदौ २० देखि कात्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । उक्त अफरमा ई- सेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत् भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए । हाल ई-सेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ०९:४७