२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

२६ मंसिर, काठमाडौं । नेपाल आयल निगमका कार्याकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार राजीनामा पत्र बुझाएका हुन् ।

थानी २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकमा तीन वर्षका लागि नियुक्त भएका थिए । उनकाे राजीनामाकाे कारण भने खुलेकाे छैन ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १७:०१