१४ फाल्गुन २०८२, बिहीबार | Fri Feb 27 2026

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

२६ मंसिर, काठमाडाैं। सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ। सोमबार अर्थमन्त्री डा. प्रकाशसरण महतले नेप्से अध्यक्ष रहेका अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराललाई फिर्ता बोलाउँदै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १३:२२