६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

लगातार घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२६ मंसिर, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य लगातार घटेको छ । नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँर तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै यो दिन चाँदीको मूल्य भने स्थिर छ । यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ बढेको छ। यो दिन सुनको भाउ प्रतिऔंस १ हजार ९८५ डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार ११:०७