आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
२५ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४० अकंले घटेर १९४८.५७ बिन्दुमा बन्द भएको छ । आज ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा गिरावट आउँदा पनि सोनापुर मिनरल्सको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको २५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख ६६ हजार हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख ७६ हजार रुपैयाँ, माउन्टेन इनर्जी नेपालको १४ करोड ४० लाख ६९ हजार रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ७३ लाख १७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:37









