२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

समयमै काम नसक्ने १४ निर्माण व्यवसायी कालोसूचीमा

२५ मंसिर, काठमाडाैं ।  सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने १४ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हाे ।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । जसमा १ निर्माण कम्पनीलाई ३ वर्ष, २ निर्माण कम्पनीलाई २ वर्ष, ८ वटा निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ३ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखेकाे हाे ।

यी हुन् कालोसूचीमा परेका कम्पनीहरूः

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १३:१६