६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२५ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज  सुनकाे मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार ११:१५