६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

२४ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार ११:०३