२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

 एनसेलको सेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

२१ मंसिर, काठमाडौं ।  एनसेलको सेयर बिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनु भनी कम्पनी रजिस्टा्रर कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । एनसेल प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुबै पक्षलाई २५ मंसिरमा छलफलका लागि बोलाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १७:३७