३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै हिमालयन रि, यस्तो छ मूल्य

२१ मंसिर, काठमाडौं। हिमालयन रि इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले मंसिर २७ गतेदेखि प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँको दरले आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले कुल ३ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गरिसकेका छन् ।

कुल सार्वजनिक निष्काशनको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । यसरी अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र  सिडिएससीको ुमेरो सेयरु लगइन गरी अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार ०९:३३