२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमाले नेता ऐन महरसँग नाम जोडेर चरित्रहत्या गरेको भन्दै प्रहरीकोमा पुगिन रश्मिला धामी

२० मंसिर, काठमाडाैँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरसँग नाम जोडेर आफ्नो चरित्र हत्या भएको भन्दै रश्मिला धामीले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छिन । उनले दोषी माथि कारबाहीको माग राख्दै उजुरी दर्ता गरेको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएकी छिन । उनले आफ्नो उजुरीको दर्ता नम्बर ७७५७ रहेकत्र समेत सार्वजनिक रूपमै जानकारी दिएकी छिन ।

केही सञ्चार माध्यमका नाममा त केही व्यक्तिगत नाममा फेसबुक एकान्टबाट महर र धामीको बीचमा विभिन्न विषयमा विवाद भएको गोप्य अडियो भन्दै भाइरल बनाइएको थियो । उनले त्यसरी आफ्नो नाम र महरको नाम जोडेर गोप्य भन्दै भाइरल भएको अडियोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छिन ।

रश्मिलाले एमाले नेता महरसंग आफ्नो नाम जोडेकोमा अत्यन्तै दुखित भएको भन्दै महर बझाङ जिल्लाको एउटा जिम्मेवार तथा सम्मानित नेता रहेको र आफ्नो सम्मान रहेको बताएकी छिन । उनले महरसँग त्यस्तो खालको कुनै सम्बन्ध नभएको स्पष्ट पनि स्पष्ट पारेकी छिन । चरित्रहत्या भएको भन्दै महरले यसअघि नै आफू कानुनी उपचारमा जाने बताइसकेका छन ।

यस्तो छ रश्मिलाको टिप्पणी

पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा मेरो र नेकपा एमालेका नेता ऐन महर बिच भनिएको गोप्य संवाद को अडियो सम्प्रेषण तथा प्रसारण भएकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । त्यो अडियो रेकर्डमा सुनिएको महिलाको आवाज मेरो नभएको प्रष्ट पार्न चाहन्छु ।कृत्रीम माध्यमबाट बनाएको उक्त अडियो र सामाजिक सञ्जालमा गरिएको सम्प्रेषणले मेरो ब्यक्तिगत चरित्र हत्या र सामजिक प्रतिष्ठामा आँच पुर्याएको महशुस गरेकि छु ।उक्त गैरकानुनि कामको हदै सम्मको भर्त्सना गर्दै त्यस्तो फेक अडियो निर्माण र प्रसारण गर्नेहरुका बिरुद्धमा कानुनि कार्बाहिको लागि नेपाल प्रहरिको साइबर ब्युरोमा उजुरि दिएकि छु र मेरो उजुरिको दर्ता नं ७७५७ रहेको जानकारी गराउनुका साथै नेकपा एमालेका नेता ऐन महर संग मेरो नाम जोडेकोमा अत्यन्तै दुखित बनेको छु र हाम्रो बझाङ जिल्लाको एउटा जिम्मेवार तथा सम्मानित नेतृत्व हुनुको नाताले म उहाँलाई अत्यन्तै सम्मान गर्छु र हाम्रो बिचमा त्यस्तो खालको कुनै सम्बन्ध नभएको स्पष्ट पार्न चाहन्छु । यस्ता गैरकानुनि तथा गैरजिम्मेवार काम र ब्यक्तिगत चरित्र हत्या गर्ने कामहरुलाई निरुत्साहित गर्नका लागि सम्पुर्णमा हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार २२:१६