२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

दुर्गा प्रसाईंका कार्यकर्तालाई कारबाही गर्न बैंकरहरुको माग

२० मंसिर, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कर्मचारी माथि भएको घटनाप्रति बैंकरहरुले आपत्ति जनाउँदै दोषीहरुलाई कारवाही गर्न माग गरेको छ ।  नेपाल बैंकर्स संघ, डेभलपमेन्ट एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा आपत्ती जनाउँदै दोषीहरुलाई कारवाही माग गरेका हुन् ।

मंगलबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक विर्तामोड, झापा शाखामा कार्यरत कर्मचारी माथि व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले  अराजक र अभद्र व्यवहार गरेका थिए । मंगलबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीलाई प्रसाईंका कार्यकर्ताले कायकक्षबाटै उठाएर प्रहरी चौकी पुर्याएका थिए ।

बैंकरहरुले उक्त घटनामा संलग्न दोषीहरुलाई कारवाहीका लागि माग गरेका छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आफ्ना ग्राहकहरुलाई सेवा–सुबिधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थिीतीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुव्र्यवहार अत्यन्त निन्दनिय छ’ ।

साथै उनिहरूले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितता गर्न जिम्मेवार नियकायहरुलाई ध्यानाकर्षण गराएका छन् । साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । ‘बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसंग माग गर्दछौं।’ विज्ञप्तिमा भनिएकाे छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार १७:११