६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२० मंसिर, काठमाडौं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार पनि सुनकाे मूल्य तोलामा  २४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मुल्य प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ११:०६