२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

२० मंसिर, काठमाडाैं। नबिल बैंकले केआईओएसके मेसिनमार्फत् चेक क्लियरिङ गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधामार्फत् आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले केआईओएसकेमार्फत् सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक जम्मा गर्न सक्नेछन् ।

कम्पनीले यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रुपमा कारोबार हुने हुनाले ग्राहकहरुले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बताएको छ ।कम्पनीले हाललाई काठमाण्डौ उपत्यकाका ६ वटा र उपत्यका बाहिरका चार वटासमेत गरेर १० वटा शाखाबाट यो सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँबानेश्वर, न्यूरोड र कुलेश्वर शाखा तथा उपत्यका बाहिरका विराटनगर, वीरगञ्ज, पोखरा र बुटवल शाखामा यो सुविधा रहेको छ ।

प्रकाशित मिति : December 6, 2023 at 9:31 am